
सुनाखरी न्युज/ काठमाडौं ।
पितृ उद्धारको कामना गर्दै पशुपति क्षेत्र, पवित्र तीर्थस्थल देवघाटधाम, डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाम लगायत क्षेत्रमा शतबीज छर्नेको घुइँचो लागेको छ । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ ।
गएराति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् ।शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ ।
हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।
मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन साँझ दिवंगत पितृको सद्गतिको कामना गर्दै पितृका नाममा बत्ती बालेर जाग्राम बसेर बाला चतुर्दशीका दिन बिहान शतबीज छर्ने गरिन्छ ।