२०८२ फाल्गुन २३ , शनिवार

भियतनाममा पहिरो जाँदा छ जनाको मृत्यु

vietnam-landslide

सुनाखरी न्युज/ काठमाडौं ।

भियतनाममा भारी वर्षाले निम्त्याएको पहिरोका कारण कम्तिमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएको विपद् एजेन्सीका अधिकारीहरूले सोमबार बताएका छन् । विपद् व्यवस्थापन अधिकारीका अनुसार खान प्रान्तको सुन्दर खान पासमा माटो र चट्टान खस्दा यात्रु बस डुबेको थियो, जसमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् । मिडियाका अनुसार बसमा ३२ जना यात्रु थिए भने केही घाइतेहरूको टाउको लगायतका अङ्गमा चोट लागेका कारण स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताहरू बस भित्र फसेका केही यात्रुहरूलाई उद्धार गर्न निरन्तर प्रयास गरिरहेकोसमेत मिडियाले उल्लेख गरेका छन् । यस अघि आइतबार खानह होआको खानह सोन पासमा मजदुरहरूको आश्रयमा पहिरो जाँदा एक जना व्यक्तिको मृत्यु भएको हुनुका साथै अर्को एक जना बेपत्ता भएको विपद् अधिकारीले बताएका छन् । प्राकृतिक प्रकोपका कारणले यस वर्ष २७९ जनाको ज्यान लिएको दुई अर्ब डलर भन्दा बढीको क्षति भएको भियतनामको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
रासस/एएफपी