२०८२ फाल्गुन २४ , आइतवार

रूसी नागरिकलाई भिसा प्रतिबन्ध लगाउने निर्णय ’भेदभावपूर्ण’:रूसी मिसन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रूसी नागरिकहरूलाई भिसा जारी गर्न प्रतिबन्ध लगाउने युरोपेली सङ्घको निर्णयलाई युरोपेली सङ्घका लागि रूसी स्थायी मिसनले “भेदभावपूर्ण“ भन्दै आलोचना गरेको छ । मिसनले भिसा कमिटीमा सबै ईयू सदस्य राष्ट्रहरूले समर्थन गरेको युरोपेली आयोगले लिएको निर्णय रुसको लागि भेदभावपूर्ण भएको रूसी मिडियालेसमेत रिपोर्ट गरेका छन् । सामान्य नागरिकलाई प्रतिबन्धले असर नगर्ने भनि गरिएको ईयूका व्यवस्थाहरूको विपरित हरने गरी भिसा सम्बधमा निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मिसनले रूस र रूसी नागरिक विरुद्ध तोडफोड, सूचनाको दुरुपयोग, ईयूमा ड्रोन आक्रमण, तथा अनावश्यक प्रचारको लागि भिसाको दुरुपयोग हुन सक्ने आरोपहरू माथि आश्चर्य व्यक्त गरेको छ । युरोपेली आयोगले केही दिन अघि असाधारण मामिलाहरू बाहेक रूसी नागरिकलाई प्रवेश भिसा जारी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने मस्कोले यस निर्णयको प्रतिक्रियामा कदम चाल्ने घोषणा गरेको थियो ।

रासस/क्युएनए