२०८२ फाल्गुन २५ , सोमवार

मधेश प्रदेशमा तीन मन्त्री नियुक्त

Madesh-sarkar

सुनाखरी न्युज/ काठमाडौं ।

मधेश प्रदेश सरकारमा तीन जना मन्त्री नियुक्त भएका छन् । नेकपा ( एमाले) बाट लखन दास, नेपाल समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री बनेका हुन् ।

उनीहरूको पद तथा गोपनीयताको शपथ पनि भइसकेको छ ।आज बिहान नियुक्त भएका उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। प्रदेश प्रमुखले शपथ गराएपनि हाललाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।

एमाले केन्द्रीय सदस्य एवम् संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख भण्डारीले बिहानै नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। प्रदेश प्रमुख भण्डारीले यादवलाई बर्दिबास र सिन्धुलीको सिमानास्थित पानस होटलमा नियुक्तिपत्र प्रदान गरेकी थिइन्।