
सुनाखरी न्युज/ काठमाडौं ।
गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ । बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८ सम्म एक हजार ३०३ जनालाई पक्राउ गरिएको बताउनु भएको छ । उहाँका अनुसार अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए ।अनलाइन माध्यामबाट पैसा प्राप्त गर्न नक्कली खाताहरूको प्रयोग गर्ने व्यावसायिक अपराधहरू विरुद्ध लड्ने उद्देश्यले “राष्ट्रिय स्क्याम रेस्पोन्स सेन्टर” को संयोजनमा अपरेसनहरू सुरु गरिएको रुस्दीले बताउनु भएको छ ।
देशभर सञ्चालन भएको “इ–कमर्स” घोटालाको कल सेन्टर सञ्चालनमा प्रत्यक्ष संलग्न भएको आशंकामा अन्य ३० जनालाई पक्राउ गरिएकोसमेत उहाँले बताउनु भएको छ । यस समूहको क्रियाकलापले जनवरी र मईको बिचमा १२.८ मिलियन अमेरिकी डलर नोक्सान पुर्याएको जनाइएको छ । त्यस्ता क्रियाकलापहरु पछिल्लो समयमा थप परिष्कृत हुँदै सीमापार सम्म पनि सञ्चालित भइरहेको उहाँले चेतावनी दिनु भएको छ । जनतालाई अन्य पक्षहरूलाई ब्याङ्क खाता र ब्याङ्क कार्डहरू नदिन सुझाउदै उहाँले त्यस्ता सामाग्रीहरु आपराधिक पक्षले गैरकानुनी गतिविधि र मनी लान्ड्रिंगका लागि दुरुपयोग गर्न सक्ने बताउनु भएको छ ।
रासस/सिन्ह्वा