
सुनाखरी न्युज / काठमाडौं ।
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीका २५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिकाहरू एजेन्सीले स्थापना गरेको अस्थायी सिकाइमा सहभागी भएको पुष्टि गरेको छ । युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले “युद्धविरामसँगै, युएनआरडब्लुएले भौतिक तथा अनलाइन दुवै माध्यामबाट गाजामा “ब्याक टु लर्निङ” कार्यक्रमलाई अगाडि बढाइरहेको बताउनु भएको छ । एजेन्सीले आवाश्यकता र सम्भावनाका आधारमा यस्ता सिकाई स्थानहरूको सङ्ख्या बढाउने कार्य जारी राख्ने कुरामा उहाँले जोड दिनु भयो । युएनआरडब्लुएले गाजा पट्टीका करिब ३ लाख बालबालिकासम्म पुग्ने उद्देश्यले कक्षा सञ्चालन गरिरहेको लाजारिनीले बताउनु भएको छ । साक्षरता र शिक्षाले पिडित बालबाललिकाहरुको जिवन निर्वाहको महत्वपुर्ण आधार तय गर्नें लाजारिनीले सामाजिक सञ्जाल एक्स मार्फत जनाउनु भएको छ ।
रासस/क्युएनए