
सुनाखरी न्युज/ काठमाडौं ।
सुशीला कार्की नेतृत्वको सरकारमा आज चार जना नयाँ मन्त्री थपिँदै छन् ।डा . सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ ।
यसअघि जेन-जी समूहका तर्फबाट ४ जना मन्त्री थप्ने तयारी गरेको समाचारहरू सार्वजनिक भएपनि जेन-जीबीचमै विवाद हुँदा विस्तार हुन सकेको थिएन । तर अब भने मन्त्रिपरिषद्लाई टुंगो लगाउन खोजिएको पाइएको छ ।
उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले जानकारी दियो ।