२०८२ फाल्गुन २६ , मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

uml-1
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताउनुभयो ।  एमालेको यही असोज १२ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको हो ।
रासस