२०८२ फाल्गुन २५ , सोमवार

अमेरिका – चीन व्यापार युद्ध : भन्सार बढाएर १३० प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

us chaina

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। ट्रम्पले बढाइएको भन्सार नोभेम्बर १ देखि लागू हुने बताएका छन्।

आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पल चीनमाथि यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गरेका हुन्।

योसँगै चीनबाट अमेरिका आयात हुने सामानमा अब १३० प्रतिशत भन्सार लाग्ने भएको छ।

 

‘अब चीनमाथि उनीहरूले अहिले तिरिरहेको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ,’ ट्रम्पले लेखेका छन्, ‘नोभेम्बर १ देखि हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरहरूमा निर्यात नियन्त्रण पनि लागू गर्नेछौँ,’ उनले भने।

ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध गरेका थिए।

 

चीनको वाणिज्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो घोषणा गरेको थियो। सो विज्ञप्तिले चीनको राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि चिनियाँ दुर्लभ खनिज पदार्थ प्रयोग गरेर बनाएको सामान निर्यात गर्न मन्त्रालयबाट निर्यात इजाजतपत्र प्राप्त गर्नुपर्ने भनेको छ।