२०८२ फाल्गुन २६ , मंगलबार

ओलीको चेतावनी- सुशीला कार्कीसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु धेरै नउत्ताउलिनू

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् । उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिएका छन् । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न उल्लेख गरे ।उनले भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन सडकमा तमासा गरिरहेको बताए ।