२०८२ फाल्गुन २६ , मंगलबार

नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस्: भारतीय प्रधानमन्त्री

narendra-modi_KHMeSFt071

सुनाखरी न्युज/ काठमाडौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु”, उल्लेख गर्नुभएको छ ।
रासस