२०८२ फाल्गुन २६ , मंगलबार

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

rabi-lamichhane_

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ ।

ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उहाँलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले राससलाई जानकारी दिनुभयो । सहकारी ठगीसम्बन्धी अभियोगमा उहाँ सो कारागारमा थुनामा हुनुहुन्थ्यो ।  रासस