निर्माण कार्यका क्रममा स्लोभाकियाको राजधानीमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि मङ्गलबार डाउनटाउन क्षेत्र निकासी गरिएको अधिकारीहरूले जनाएका छन् ।आपत्कालीन व्यवस्थाले डेन्युब नदी पार गर्ने प्रमुख पुलसहित ब्रातिस्लाभाको डाउनटाउनका धेरै ब्लकलाई प्रभावित पारेको थियो । बिहानको भीड समयमा सार्वजनिक यातायात र सम्पूर्ण यातायात पूर्ण रूपमा रोकिएको थियो ।
विज्ञहरूले सोमबार साँझ फेला परेको पाँच सय पाउन्ड (दुई सय २५ किलोग्राम) तौलको बमलाई दिउँसोसम्म निष्क्रिय पार्ने योजना बनाएका छन् ।
यस क्षेत्रमा रहेको एउटा तेल प्रशोधन केन्द्र सन् १९४४ मा युद्धको समयमा मित्र राष्ट्रहरूको बमबारीको निशाना बनेको थियो । त्यतिबेला स्लोभाकिया नाजी कठपुतली राज्यको रूपमा रहेको थियो । रासस /एपी