२०८२ फाल्गुन २६ , मंगलबार

राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

Screenshot 2025-09-09 150725

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए।

जेनजीको आन्दोलन चर्कंदै गएको छ। सोमबार प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।