२०८२ फाल्गुन २६ , मंगलबार

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

1757330462-xE3mL

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ । आजको घटनाका विषयमा छलफल गर्न सभापति देउवाले बेलुकी ५ः०० बजे आकस्मिक बैठक बोलाउनुभएको पार्टीका मु्ख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने उहाँले बताउनुभयो ।
रासस