२०८२ फाल्गुन २७ , बुधवार

राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभा

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १३ः१५ बजेका लागि तय गरिएको थियो । विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १३:१५ बजे बस्ने तय भएको उहाँले बताउनुभयो ।

रासस