२०८२ फाल्गुन २७ , बुधवार

विशेष अदालतको अध्यक्ष भट्टलाई बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो । त्यस्तै, उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोकिएका छन् । विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । हाल विशेष अदालतका अध्यक्ष रहेका टेकनारायण कुँवर भने उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएका छन् । विशेष अदालतमा अहिले भएको न्यायाधीशहरूको सेट दुई वर्ष पुरानो हो ।