२०८२ फाल्गुन २३ , शनिवार

५,००० डलर सम्मको विदेशी मुद्रा घोषणा विना नै नेपालमा ल्याउन पाइने

dollar

सुनाखरी न्युज/ काठमाडौं ।
विदेशी नागरिकले ५ हजारसम्म अमेरिकी डलर ल्याउन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ सर्कुलरअनुसार एक पटकमा एक जना विदेशीले ५ हजारसम्म अमेरिकी डलर ल्याउन पाइने र त्यसभन्दा बढी ल्याए भन्सारमा स्वघोषणा गर्नुपर्नेछ।

राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागलाई सर्कुलर जारी गर्दै विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारुको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबर) भन्सार घोषणाबिना नेपालमा भित्र्याउन सकिने बताएको छ।

सोभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। राष्ट्र बैंकले २०७५ असार ३२ र २०७५ चैत २६ मा प्रकाशित सूचनाबमोजिम गर्न(गराउन विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सूचना पुनः प्रकाशित गरिएको जनाएको छ।

यस्तै, चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोट कारोबार गर्न तथा भारु २००, ५०० र २००० दरका नोट साथमा राख्न, ओसारपसार र कारोबार गर्न नपाइने व्यवस्था रहेको बताएको छ।

नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारु लैजान वा अन्य मुलुकबाट भारु नेपाल ल्याउन नपाउने उल्लेख गरेको छ।