
सुनाखरी न्युज/ काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशतको बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी पनि ११.१४ प्रतिशत बढेर ८ अर्ब २ करोड ८ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि ६४. ४६ प्रतिशत वृद्धि भई ५ अर्ब ३५ करोड २ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, नेट फि तथा कमिसन आम्दानी पनि २१. ६२ प्रतिशत वृद्धि भई २ अर्ब १८ कोड १७ लाख रुपैइाँ कायम भउको छ । कुल संचाल आम्दानी १४.३४ प्रतिशत बढेर १० अर्ब ८८ कोड १६ लाख र इम्पेयरमेन्ट चार्ज घटेर ९५ करोड ८० लाख रुपैयाँ कायम भएको छ । यसकारण नै बैंकको खुद नाफामा बढोत्तरी देखिएको हो ।बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ।
पुस मसान्तसम्म बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६ रुपैयाँ ८४ पैसा वृद्धि भई २१ रुपैयाँ ८२ पैसा पुगेको छ। पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ।