२०८२ फाल्गुन २८ , बिहिवार

सबै भूमिहिनलाई छिट्टै लालपुर्जा दिन्छौं – मन्त्री अधिकारी

1000061230

सुनाखरी न्युज/ काठमाडौं ।

भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगका ७७ वटै जिल्ला साखाहरुले भूमिहिन, दलित र अब्यवस्थीत बसोवासीको समस्या समाधान गर्न क्रियासिल रहेको बताउनु भएको छ । केहि महिनाभित्रै लाखौंले लालपुर्जा पाउने गरी काम भइरहेको मन्त्री अधिकारीको भनाई छ ।भूमि समस्या समाधान आयोग केन्द्रिय कार्यालयले आयोजना गरेको बार्षिक समिक्षा गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले भूमि समस्या समाधानका लागि यो आयोग नै अन्तिम हुने र यसले सबै खाले समस्याको हल गर्ने दावी गर्नुभयो । राजनीतिक चेपुवामा परेर धेरै पटक आयोग बन्ने, बिघटन हुने श्रृङ्खला चलिरहेकोमा बर्तमान सरकारले आयोगलाई स्पष्ट निर्देशन सहित बिघटन नहुने र सबै समस्या हल गर्ने गरी जिम्मेवारी प्रदान गरेको स्मरण गर्नुभयो ।

२०८१ साल काक्तिक १३ गते गठन भएको यो आयोगले ८ महिनाको समयमा ७७ जिल्लामा शाखा खोल्ने, भूमिहिनको लगत संकलन गर्ने र लालपुर्जा बितरणको काममा समेत ध्यान दिएको बताउनु भयो ।कार्यक्रममा प्रधानमन्त्री के.पी. सर्मा ओलीले भूमि समस्या समाधानका लागि मन्त्री अधिकारीले बिशेष पहलकदमी लिएको भन्दैं आफुले गोष्ठिको उद्घाटन नगरी मन्त्री अधिकारीमार्फत समुद्घाटन गराउनु भएको थियो । कार्यक्रममा सबैलाई लालपुर्जा दिएर इतिहास रच्न प्रधानमन्त्रीले सबैलाई निर्देशन समेत दिनु भयो ।आयोगका अध्यक्ष हरि प्रसाद रिजालको अध्यक्षतामा भएको गोष्ठिमा सात वटै प्रदेशका भूमिब्यवस्था मन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री रमेश लेखक, ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुलगायतको सहभागीता रहेको थियो ।