
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली पासपोर्टधारीले विश्वका ३९ देशमा विना भिसा प्रवेश पाउन सक्छन् । तिमध्ये केही देशमा भिसा लाग्ने भएपनि नेपाली पासपोर्टधारीले सो देशमा पुगेर भिसा ( भिसा अन अराइभल ) लिन सक्छन् । पासपोर्ट इण्डेक्स डट ओरजीका अनुसार नेपालले भिसा फ्रि इन्डेक्समा ३९ अंक प्राप्त गरेको छ । अर्थात नेपालको पासपोर्टमार्फत विश्वका ३९ देशमा विना भिसा प्रवेश पाउन सकिन्छ । नेपाली पासपोर्टधारीले विश्वका ३९ देशमा विना भिसा प्रवेश पाउन सक्छन् । तिमध्ये केही देशमा भिसा लाग्ने भएपनि नेपाली पासपोर्टधारीले सो देशमा पुगेर भिसा ( भिसा अन अराइभल ) लिन सक्छन् ।
एशियामा नेपालीलाई भिसा नचाहिने देशहरु
कम्बोडिया जान नेपालीलाई भिषाको आवश्यकता पदैैन । एयरपोर्टमै अन अराइभल भिसा पाइने कम्बोडियामा नेपालीले ३० सम्म बस्न पाउँछन् । नेपालीलाई सबैभन्दा सजिलोसँग जान पाइने एसियन देश हो भारत । भारत जान नेपालीलाई कुनै भिषा चाहिदैन । त्यस्तै नेपालीले भारतमा निर्वाधरुपमा बस्न र काम गर्न पनि पाउँछन् । इण्डोनेसिया जान पनि नेपालीलाई भिसा चाहिदैन । इण्डोनेसिया बस्न नेपालीलाई ३० दिनसम्म भिषा चाहिदैन । नेपालीले लाओसमा अन अराइभल भिसाा लिन पाउँछन् र एक पटक भिसा लिएपछि ३० दिनसम्म बस्न सक्छन् ।
नेपालीले माल्दिभ्समा पनि अन अराइभल भिसा लिएर ३० दिनसम्म बस्न पाउँछन् । पाकिस्तान जान पनि नेपालीलाई भिसा चाहिदैन । त्यहाँ पनि नेपाली ३० दिनसम्म बस्न पाउँछन् । फिलिपिन्समा पनि नेपालीलाई भिसाा चाहिदैन । त्यहाँ पनि विमानस्थलमै अन अराइभल भिसा लिन सकिन्छ । एक पटक भिसा लिएपछि फिलिपिन्समा पनि ३० दिनसम्म बस्न सकिन्छ । नेपालीले बिना भिसा जान पाउने अर्को देश हो सिंगापुर । सिंगापुरमा ३० दिनसम्म बिना भिसा बस्न पाइन्छ । अन अराइभल भिसा लिएर नेपालीले इष्ट टिमोरमा पनि ३० दिनसम्म बस्न पाउँछन् ।
अफ्रिकामा नेपाली बिना भिसा जान पाउने देशहरुः
अफ्रिकी देश केप भर्डे, कोमोरोस, जिबोटी, गाम्बिया, गिनि बिसाउ, माडागास्कार, मौरिसेनियास, मौरिसस, मोजाम्बिक, सेनेगल, सइसेल्स, ताञ्जानिया, टोगो र युगााण्डा जान पनि नेपालीलाई पहिले नै भिसा लिनु पर्र्दैन । यी अफ्रिकी देशहरुमा नेपालीले अन अराइभल भिसा लिएर ७ देखि ९० दिनसम्म बस्न पाउँछन् । दक्षिण अमेरिकी महादेशको बोलिभियामा पनि नेपाली एयरपोर्टमै अन राइभल भिसा पाउछन् । बोलिभियाको अध्यागम विभागले नेपालीलाई ९० दिनको अन अराइभल भिसा दिन्छ ।उत्तर अमेरिकी महादेशको डोमिनिका, हैटी, सेन्ट भिसेन्ट एण्ड दि ग्रेनेडिन्स, माइक्रोनेया लगायतका देशमा पनि नेपालीले बिना भिसा जान पाउँछन् । त्यस्तै पलाउ, सामोआ, तुभालु लगायतका देशमा पनि नेपाली भिसा बिना नै घुम्न पाउँछन् । यी देशहरुमा नेपालीले ३० दिनसम्मको अन अराइभल भिसा लिन सक्छन् ।