२०८२ चैत्र ५ , बिहिवार

ट्रम्प र पुटिनबीच अगस्ट १५ मा अलास्कामा भेटवार्ता तय

putin-trump_gettyimages

सुनाखरी न्युज
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता तय भएको छ।

ट्रम्प र रूसी राष्ट्रपति कार्यालयले भेटवार्ता तय भएको घोषणा गरेका हुन्।

ट्रम्पले  शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर अगस्ट १५ मा अलास्कामा दुई राष्ट्रपतिबीच भेटवार्ता हुने जानकारी दिएका छन्।

रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले पनि विज्ञप्ती जारी गरेर भेटवार्ता तय भएको पुष्टी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

 

२०२१ को जुनमा तत्कालीन राष्ट्रपति जो बाइडेनले पुटिनसँग जेनेभामा भेटवार्ता गरेका थिए। त्यसको ८ महिनापछि रूस-युक्रेन युद्ध सुरू भएको थियो। पुटिन र जेलेन्स्की २०१९ यता भेटेका छैनन्।
एजेन्सी