
सुनाखरी न्युज/ काठमाडौं ।
युक्रेनमा युद्धविरामबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग चाँडै भेटवार्ता गर्ने सम्भावना रहेको बताए।
ट्रम्पका विशेष दूत स्टीव विटकफले मस्कोमा पुटिनलाई भेटेका थिए, जसलाई उपयोगी र रचनात्मक भनिएको छ।
युक्रेनमा युद्धविरामका लागि अमेरिकाले रुसलाई दिएको समयसीमा शुक्रबार सकिँदैछ, सम्झौता नभए थप आर्थिक प्रतिबन्ध लाग्ने चेतावनी छ।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको सम्बन्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै भेट हुने सम्भावना उच्च रहेको बताएका छन् ।
ह्वाइट हाउसमा ट्रम्पलाई रुस र अमेरिकी राष्ट्रपति बिचको भेटघाट हुने सहमति भएको छ त भनेर सोधिएको थियो । यसको उत्तरमा ट्रम्पले सम्भावना निकै धेरै रहेको बताएका थिए । तर उनले यसबारे अरू जानकारी दिएका छैनन् ।
युक्रेनमा युद्धविराममा सहमत हुन अमेरिकाले रुसलाई दिएको समयसीमा शुक्रबार सकिँदैछ । यो समयसीमा सकिनै लाग्दा विटकफ रुस पुगेको थिए । युद्धविराम सम्झौता भएन भने रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाइने अमेरिकाले चेतावनी दिएको छ ।
बुधबार ट्रम्पका विशेष दूत स्टीव विटकफले मस्कोमा राष्ट्रपति पुटिनलाई भेटेका थिए । यो भेटलाई उपयोगी र रचनात्मक भनिएको छ । रुसले पनि पुटिन र विटकफबिचको भेटवार्ताबारे अस्पष्ट विज्ञप्ति जारी गरेको थियो ।