
सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेकाले अफ्नो निर्णय सच्याउन माग गर्नुभएको छ । बैठकको विशेष सयमा सांसद बाँस्कोटाले रास्वपा र राप्रपाले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेको बताउनुभयो । भिजिट भिसा प्रकरणका बारेमा ती दुई दलले भनेका विषयलाई तथ्यले प्रमाणित गर्न सक्नुपर्नेमा जोड दिँदै यसरी संसद्मा आउनु र बहिस्कार गरेर हिँड्नु गलत भएको उहाँको भनाइ छ ।
युवायुवतीको १८ वर्षपछिको सम्बन्धलाई वैधता दिने तर विवाहका लागि २० वर्ष कुर्नुपर्ने दोहोरो व्यवस्थामा सुधार गरिनुपर्ने भन्दै सांसद बाँस्कोटाले पारिवारिक कानुनको माग गर्नुभयो । सांसद माधव सापकोटाले सेवा प्रदायक निकायमा सेवा लिन आमनागरिक सार्वजनिक यातायातमा कष्टपूर्ण यात्रा गरेर पुग्ने गरेकामा सोही दिन सेवा नपाएमा रु पाँच–सात हजार गर्नुपर्ने बाध्यता रहेको बताउँदै यस्तो समस्या समाधान गरिनुपर्ने माग गर्नुभयो । निजामती विधेयकका विषयमा संसदीय समितिले दिएको प्रतिवेदन छिटो कार्यान्वयन गर्न पनि उहाँले सभामुखसँग माग गर्नुभयो । सांसद मेटमणि चौधरीले राहदानी छपाइमा अनियमितता भएकाले यसको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने बताउनुभयो ।
रासस