२०८२ फाल्गुन २४ , आइतवार

आहा ! कति सुन्दर कन्याम ( फोटो फिचर)

20250730095708

सुनाखरी न्युज/ काठमाडौं ।

प्रकृतीको बेजोड सौन्दयलाइ जुन दिन सृष्टिले रच्यो त्यही घुम्टो भित्र सिंगारिएकी बेहुली जस्तै हरियाली भित्र इलाम सिंगारीएको छ । प्रकृतीको काखमा रमाउनेहरुका लागि त इलाम स्वर्गको एक टुक्रा जस्तै सावित भएको छ । झापाबाट माथी उक्लिएर पहिलो पटक इलाम छिर्दै गर्दा कन्यामको चिसोले एक पटक मुटु नै कमाउँछ । तराईबाट उकालो चढ्नेहरुको लागि प्राकृतिक एसी हो, कन्याम ।

छिनछिनमा परिर्वतन भइरहने मौसममा रमाउने को नहोला । यहाँको कुहिरोलाई हावाले एकैछिनमा हिमाल कटाएर लैजान्छ, एकैछिनमा कुहिरो उडाएर ल्याइदिन्छ । आँखाले नभ्याउने चिया बगानको श्रृखला, आँखै अगाडी बिभिन्न हिमश्रृखला यहाँको बिशेषता हो । बाह्रै महिना कन्यामले पर्यटकहरुलाई उतिकै साथ दिइरहेको हुन्छ । अझ शनिवारको दिन विदा मनाउने आउनेहरुको भिडको दृश्य त हेरिरहुँ झै लाग्छ ।चियाबगानलाई चिरेर गएको मेची राजमार्ग आसपासमा रमाउने जोडीहरु पनि कम्ती भेटिदैनन् ।

 

कन्यामको अर्को विशेषता हो घोडसबारी । झन्डै ३५ बढी घोडाहरुमा कन्यामका चियाबारी डुल्न प्रेमिल जोडी मात्र होइन सवै उमेरमा मानिसहरु लालयित हुने गर्छन । कन्यामको लभडाँडामा पर्यटकहरु जहिल्यै भीड लाग्ने गरेका छन । प्रेमीप्रेमिका र नवजोडीको लागि यो प्रिय डेटिङ स्पट पनि हो । सेल्फी खिचिरहेका दृश्यहरु हेरीरहुँ झै लाग्छ । प्राकृतिक रुपले कन्याम आफैमा सुन्दर छ ।