२०८३ आश्विन १५ , बिहिवार

हिमलुङ हिमालमा थप तीन शव भेटियो

Himlung2026-09-28-12-38-25_1000x613_50

सुनाखरी न्युज/ काठमाडौं ।

मनाङको हिमलुङ हिमालमा जारी खोज तथा उद्धार अभियानका क्रममा बुधबार थप ३ जनाको शव फेला परेको छ ।थप भेटिएका ३ शव हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

हिम पहिरोमा परेर अझै ९ जना सम्पर्कविहीन छन् । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला परेको हो ।

असोज ११ मा आएको हिम पहिरोमा परेर अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् । मृतक मध्येका ३ जनाको शव परिवारले बुझेका छन् ।