२०८२ फाल्गुन २६ , मंगलबार

भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १८ बोलबम तीर्थयात्रीको मृत्यु

d4bd3723-7ad5-4fc2-88f1-f51195ac1947.jpg-1753778994

सुनाखरी न्युज/ काठमाडौं ।

मङ्गलबार पूर्वी भारतमा मङ्गलबार हिन्दू तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले बसको भग्नावशेष देखाएको छ । यसको पछाडिको भाग लगभग पूर्ण पमा जलेको थियो । स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू उपमहाद्वीपमा मनसुनको सुरुआतसँगै पवित्र श्रावण महिना मनाउन हिन्दू तीर्थस्थलतर्फ जाँदै गरेको बताउनुभयो । “बस र ट्रक दुर्घटनामा १८ जना भक्तको ज्यान गएको छ”, दुबेले सामाजिक सञ्जालमा भन्नुभयो ।

तीर्थयात्रीहरूले संहारका हिन्दू देवता भगवान् शिवलाई अर्पण गर्न गङ्गाबाट पवित्र पानी बोकेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ज्यान गुमाउने भक्तहरूका परिवारजनहरूप्रति गहिरो समवेदना’ व्यक्त गर्नुभयो । उहाँको कार्यालयले सामाजिक सञ्जालमा भनेको छ, “झारखण्डको देवघरमा भएको सडक दुर्घटना अत्यन्त दुःखद छ ।”

आधिकारिक तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा दशौँ हजार मानिस मर्छन् । सन् २०२३ मा सडक दुर्घटनामा एक लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको यातायातमन्त्री नितिन गडकरीले संसद्लाई बताउनुभयो । गत नोभेम्बरमा एउटा बस उत्तरी राज्य उत्तराखण्डमा गहिरो हिमाली खोँचमा खस्दा कम्तीमा ३६ यात्रुको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । रासस / एएफपी