२०८२ फाल्गुन २८ , बिहिवार

पुर्व राष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णय

Uml-baithak-1-1024×500

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारा ८ र ९ देखाउँदै  भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।

 

हिजो र आज चलेको केन्द्रीय कमिटी बैठकको समापनमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो निर्णय लिएको बताए ।

उनको उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिवाद गरेका थिए ।

उनीहरूले बैठकमै नोट अफ डिसेन्ट लेख्ने जानकारी गराएका छन् ।