
सुनाखरी न्युज/ काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् । राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले आफू पछि नहट्ने भन्दै कार्यकर्तालाई आतंकित पार्ने काम बन्द गर्न आग्रह गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्कने निर्णयको लामो शृङ्खला नै सुनाएकी थिइन् ।