
सुनाखरी न्युज/ काठमाडौं ।
जनमत पार्टीका अध्यक्ष डा . सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। सोमबार ( आज) रास्वपा मुख्यालय वनस्थली चस्मति नै पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्।हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनमत पार्टी पनि न्यायका लागि लडिरहेको पार्टी भएकाले न्यायकै लागि आवाज उठाउन एआको बताए ।
उनले भने, ‘हामी त न्यायका लागि लडिरहेको पार्टी नै हो । संगठन हौँ । त्यसैले रास्वपाको अभियानमा साथ सहयोग छ । राजनीतिक मान्यता फरक भए आफ्नो ठाउँमा छ । तर अन्यायको कुरामा आवाज उठाउछौँ ।’ यो राज्यले कसैमाथि यसरी प्रतिशोध साँध्न हुँदैन । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ भनेर आफ्नो विचार राख्दै आएका छौँ ।’
उनले कार्यापालिकाको हस्तक्षेप न्यायपालिकामा स्वभाविक भएको समेत बताए । ‘नेपालमा राजनीतिक व्यवस्था त्यति परिपक्क छैन र शक्ति पृथकिकरण राम्रोसँग हुन सकेको छैन । यहाँ कार्यपालिका, न्यायपालिका पृथक हो भनेर हेर्न पाइदैन,’ उनले भने, ‘अहिलेको हाम्रो व्यवस्थामा न्यायाधीशहरुको नियुक्ति कार्यपालिकाले नै एकहिसावले प्रभावित गर्ने भएर गर्ने भएकाले हामीकहाँ झनै हेर्न पाइदैन । त्यही भएर अदालतलाई प्रभावित गर्ने, न्यायलयको निर्णयमा प्रभावित हुने स्वभाविक देखिन्छ ।’