२०८२ फाल्गुन २९ , शुक्रवार

‘अनुशासन आयोगले गरेको कारबाहीमाथि पुनःविचार गर्न पार्टी सभापति देउवासमक्ष अनुरोध गर्ने’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ । नेता डा कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको सो समूहको बैठकले पार्टी नेतामाथि भएको कारबाही विधान विपरीत र एकतर्फी भएकाले कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवासमक्ष अनुरोध गर्ने निर्णय गरेको सांसद् राजेन्द्र बजगाईँले जानकारी दिनुभयो । बैठकमा उपसभापति धनराज गुरुङले कसैलाई पनि काखापाखा नगरिकन एकढिक्का गरी सशक्त रुपले पार्टीलाई अघि बढाउने काम भइरहेको अवस्थामा अनुशासन आयोगमार्फत एक्कासि कारबाहीको नाम सार्वजनिक गरिएकोमा दुःख व्यक्त गर्नुभयो । बैठकमा नेता कोइरालासहित उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायतको उपस्थिति थियो ।
रासस