२०८२ फाल्गुन २६ , मंगलबार

दिल्लीमा बिहानै ‘शक्तिशाली’ भूकम्पको धक्का

earthquake

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान ४ . ४ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार विहान ५ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।

भुकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन् । भुकम्प गएको समय छोटो भएपनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ ।

भुकम्पको समय छोटो भए पनि मानिसहरू डरले घरबाहिर निस्कन बाध्य भएका थिए। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर आएको छैन। स्थानीय सरकारले सतर्क रहन अनुरोध गरेको छ।