
सुनाखरी न्युज/ टेक्सास ।
अमेरिकाको टेक्सासमा बाढीमा परी १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार २ दर्जन बालबालिका बेपत्ता रहेका छन् ।
मौसम विभागले पश्चिमी टेक्सासमा आगामी केही घण्टा बाढीका कारण अवस्था थप गम्भीर बन्न सक्ने चेतावनी दिएको छ ।
टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान पेट्रियकले भनेका छन्, ‘बाढी प्रभावित क्षेत्रमा खोजतलास कार्य तीव्र बनाइएको छ । जसका लागि हेलिकप्टर र उद्धार दलको पनि सहभागिता छ ।’
उनका अनुसार मृतकको संख्या बढ्न सक्नेछ । सडकमा पानी भरिएका कारण बेपत्ताहरुको खोजी कार्यमा समस्या भइरहेको छ ।