२०८२ फाल्गुन २६ , मंगलबार

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने पहिलो देश बन्यो रुस

taliban

सुनाखरी न्युज/ काठमाडौं । 

२०२१ मा सत्तामा आएदेखि अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस पहिलो राष्ट्र बनेको छ । रुसले इस्लामिक देश अफगानिस्तानका राजदूतलाई स्वीकार गर्दै तालिबान सरकारलाई मान्यता दिएको हो ।रुसको विदेश मन्त्रालयले भनेको छ ।  हामी विश्वास गर्छौं, अफगानिस्तानको इस्लामिक इमिरेट्सको सरकारलाई आधिकारिक मान्यता दिने कार्यले हाम्रा देशहरू बीच विभिन्न क्षेत्रमा उत्पादक द्विपक्षीय सहयोगको विकासलाई प्रोत्साहन दिनेछ ।

रुसी विदेशमन्त्रीले रुस इस्लामिक इमिरेट्ससँग कूटनीतिक माध्यमबाट निरन्तर सम्पर्कमा रहेको बताए । लाभ्रोफले जोड दिए ‘हामी हाम्रो दूतावास मार्फत तालिवानसँग नियमित सम्पर्कमा छौं।’  यसैबीच, देशका धेरै राजनीतिज्ञहरूले अफगानिस्तानमा समावेशी सरकार गठन नै त्यहाँका जनताको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भएको विश्वास गर्छन्। विदेश मन्त्रालयले अगाडी बनेको छ।

हामीले ऊर्जा, यातायात, कृषि र पूर्वाधारका क्षेत्रहरूमा परियोजनाहरूमा जोड दिँदै व्यापार र आर्थिक क्षेत्रमा सहयोगको लागि महत्त्वपूर्ण सम्भावनाहरू देखेका छौं । साथै हामी क्षेत्रीय सुरक्षालाई सुदृढ पार्न र आतंकवाद र लागूपदार्थ सम्बन्धी अपराधको खतरासँग लड्न काबुललाई सहयोग गर्न जारी राख्नेछौं । रुसी मन्त्रालयको विज्ञप्तिमा रूसका लागि नयाँ अफगान राजदूत गुल हसन हसनको तस्बिर पनि समावेश थियो, जसले रूसी उप- विदेशमन्त्री एन्ड्रे रुडेन्कोलाई आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।