
सुनाखरी न्युज/ काठमाडौं ।
रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित माननीय प्रतिनिधि सभा सदस्य दिपक बोहराको मिति २०८१/१२/१९ मा निधन भई नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य पद एक रिक्त भएको भनी संघीय संसद सचिवालयको पत्र संख्या ०८१/८२, च.नं. द्धट, मिति २०८१/१२/३१ को पत्रबाट आयोगलाई जानकारी प्राप्त भएको थियो। प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै प्रतिनिधि सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानूनी व्यवस्था रहेको छ।
उपरोक्त व्यवस्था बमोजिम निर्वाचन आयोगको मिति २०८२/०३ १६ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम रुपन्देही जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पद एकको लागि मिति २०८२/०७/१७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । यस उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ ।