
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ ।
हाल मिति तोक्ने विषयमा थप छलफल जारी छ भने बैठकका एजेन्डा तय गर्न प्रारम्भिक चर्चा भएको जानकारी दिइएको छ।
वार्तामा महानगरका प्रवक्तासमेत रहेका १७ नम्बर वडाध्यक्ष ( कांग्रेस) नवीन मानन्धर, ३२ नम्बर वडाध्यक्ष ( एमाले) नवराज पराजुली र १५ नम्बर वडाध्यक्ष ( नेकपा एस ) ईश्वरमान डंगोलको उपस्थिति रहेको थियो।
गौरतलब छ कि काठमाडौं महानगर कार्यपालिकाको बैठक गत पुस १४ गतेपछि हालसम्म बस्न सकेको छैन।