२०८२ फाल्गुन २२ , शुक्रवार

नेपाली कांग्रेसमा कृष्णप्रसाद कोईरालाका संन्ततिहरु एकै ठाउँमा आउने बाहेकको कुनै बिकल्प छैन ?

Ram Krishna Pokhrell

राम कृष्ण पोखरेल-

समाज सुधारक एवम् राजनीतिक परिवर्तनका पथप्रवर्तक क्रन्तीकारी मनुवा श्री कृष्णप्रसाद कोईराला नेपालको सुदुर पुर्वी गाउँ दुम्जामा जन्मिएका थिए । सुरुका दिनमा जागिरे जीवनबाट आफ्नो कर्म शुरु गरेका कृष्णप्रसाद क‍ोईराला पछिल्ला दिनमा आफ्ना संन्ततिहरुलाई उचित शिक्षा दीक्षा दिने धेयबाट पुर्वी नेपालको बिराटनगलाई आफ्नो कर्म थलो बनाउने गरि बसोबास सारे र आफ्नो खरदार जागिरे पेसालाई बिट मारेका थिए ।

श्री कृष्णप्रसाद कोईराला राजनीतिक र सामाजिक परिवर्तनका लागि अठोट गरेर अगाडि बढ्दै गर्दा राणहरुको जहानिया शासनको रुतवा थियो । त्यो समयका राणा प्रधानमन्त्री थिए श्री ३ चन्द्र संम्शेर जंगबहादुर राणा । राणा शासनका छैठौ प्रधानमन्त्री श्री ३ चन्द्र शंम्शेरले बिक्रम संवत् १९५८ देखि १९८६ नेपाल भुभागको प्रधानमन्त्री भई रहदा श्री कृष्णप्रसाद कोईरालाले भंसारको ठेक्का लिने काम गर्दथे । श्री कोईराला चन्द्रगंज भन्सार हालको सिरहा जिल्लाको माडर नाकाको ठेक्काको काम गर्दै गर्दा पहडबाट भारतको सिमाना बजारबाट सामान ओसार्न गर्न आएका भरियाहरु ९ ढाक्रे० का फाटेका गन्हाउने लुगाफाटो पोको पारेर तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शंम्सेर जंग बहादुर राणाका दरवारमा ढाक्रेका लुगाफाटो हुलाकबाट पार्सल पढाएका थिए । त्यो पार्सल संगै आफ्नै भाखामा लेखिएको एउटा पत्र पनि संलग्न गरि पठाएका थिए । त्यो पत्रमा लेखिएको भाखा र ढाक्रेको च्यात्तिएको लुगाफाटाााहरु श्री ३ महाराजा चन्द्र शंमसेरले देखे पछि कृष्णप्रसाद कोईराला संग आौधिनै रिसाए । त्यो रिसको परिणाम कृष्णप्रसाद का ठेक्कापट्टाहरु रद्द गरि कोईरालाका श्रीसंपतिहरु जफत गरे अनि नेपाल मुलुक छोड्न कृष्णप्रसाद लाई बाध्य गराए ।

 

मधेसलाई समतामूलक समाजको मुलधारमा ल्याउ, पहाड हिमालका पछाडि

पारिएका समुदयलाई अग्रगमनको राजनीतिक धारमा ल्याउन उदारवादी

लोकतान्त्रका मुलधारका दलहरुका क्रन्तिकाी नेत्री राम कुमारी झांक्रीहरु

जस्ता युवा युवतीहरुलाई भित्र्याउन उदारवादी धारको नेतृत्व गर्ने

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले

अग्रसरता लिनुपर्छ ।

 

राजनीतिक तथा सामाजिक सुधारमा होम्मिएका श्री कृष्णप्रसाद कोईराला बिक्म संवत् २००२ सालमा परलोक भए । श्री कृष्णप्रसाद कोईरालाले अगुवाइ गरेको राजनीतिक र सामाजिक परिवर्तनको जिम्मा कृष्णप्रसाद कोईरालाका संततिहरुमा आई पुग्यो । कृष्णप्रसादका दुईवटि श्रीमतीहरुबाट जन्मेका पाँच भाइ छ‍ोराहरु शर्वश्री मात्रीका प्रसाद क‍ोईराला, बिश्वेश्ववर प्रसाद कोईराला, केशव प्रसाद कोईराला, तारणी प्रसाद कोईराला र कान्छा छोरा गिरिजाप्रसाद कोईराला र चारवटा छ‍ोरीहरु समेत भारतमा एक दशक भन्दा बढी समय दुख कष्टका साथ निर्वासनमा रहन बाध्य पारिएका थिए । भारतमा बिदेशीए पछि श्री कृष्णप्रसाद कोईरालालाई नेपाल र बृटिस भारतमा बसोबास गर्ने आफन्त, भारतीय र नेपाली मित्रहरू ले आर्थिक र अन्य भौतिकी सामग्रीहरुको सहयोग पुर्‍याउने गरेका थिए भन्ने कुरा यो पंक्तिकारका लप्टेननी हजुरआमा गणेश कुमारी पोखरेलले पनि सुनाउने गर्नु हुन्थ्यो। क्रन्तीकारी कृष्णप्रसाद कोईरालाका संन्ततीहरु पनि सबल, सक्षम र सशक्त क्रन्तीकारीनै निस्किए । श्री कृष्णप्रसाद कोईरालाका जेठी श्रीमतीका जेठा छोरा मात्रिका प्रसाद कोईराला यसरी नै कान्छी श्रीमतीका जेठा छ‍ोरा बिश्वेशवर प्रसाद कोईरालाको अगुवाइमा बिक्रम संवत् २००३ सालमा राणा शासनका बिरुद्ध जेहाद छोडन संगठित रुपमा लाग्न नेपाली कांग्रेस पार्टीको स्थापना गरे ।

नेपाली कांग्रेसको अ्ग्रसरतामा बिक्रम संवत् २००७ फाल्गुन ०७ गते राणा शासनको अन्त गराई नागरिक शासनको स्थापना गराउन श्री कृष्णप्रसाद कोईरालाका संततीहरु सफल भए । जहानिया शासनको अन्त हुदै गर्दा तत्कालीन शाही राजा त्रिभुवनले २००७ साल फाल्गुन ०७ गतेक‌ै दिन नेपालमा वैधानिक शासन सत्ता चलाउन संविधानसभाको निर्वाचन गराउने र जनताका प्रतिनिधिले नेपालको संविधान बनाउने घ‍ोषणा गरेका थिए । राजाको यो घोषणा बाट लोकतान्त्रका हिमायतीहरु बडोनै उत्साहित भएका थिए । तर एक थरि प्रतिगामी मनुवाहरु राजा त्रिभुवनको संविधानसभाको घोषणका विपक्षमा थिए । त्यो षड्यन्त्रमा दरवारियाहरु आफै पनि लागेका थिए । षड्यन्त्रको तानावान बुन्नेहरुले बिक्रम संवत् २००७ को राजनीतिक परिवर्तनका नायकहरुका बिच फुट ल्याउन कन्दनी कसेर लागे । २००७ सालमा रणा शासक र नागरिकको प्रतिनिधित्व गरेको प्रधानमन्त्री मोहन शंम्सरको सरकामा सम्लित नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री बनेका श्री बिश्वेस्वर प्रसाद कोईराला लाई कथाकथित रुपमा प्रधानमन्त्री निवासमै आक्रमण गर्न लगाई गृहमन्त्रीबाट राजिनामा गराउने खेल दरवार तर्फबाट रचिएको थियोे भन्ने ब्याग्रल‌ै थियो । श्री बिश्वेस्वर प्रसाद कोईरालाले नैतिकताको आधारमा गृहमन्त्री पदबाट राजिनामा पनि दिए ।

राणा र नागरिकका तर्फबाट प्रतिनिधित्व गरेको सरकारका कुनै पनि पक्षका मंत्रीले राजिनामा दिने बित्तिकै सरकार सवतस् बिघटन हुने सहमति भएको थियोे । जस्को परिणाम राणा र नेपाली कांग्रेस सम्लित सरकार बिघटन भएर गयो । यो षड्यन्त्रको तानाबुना थियो क्रन्तिकारी कृष्णप्रसाद कोईरालाका दुई भाइ नेपाली नेताहरू शर्वश्री मात्रिका प्रसाद कोईराला र बिश्वृेस्वर प्रसाद कोईरालामा फुटको बिजारोपण गर्नु । हिन्दी भाषामा एउटा कहावत छ  ‘भाइ फुटे गवार लुटे” यो कहावत दुई भाइ कोईरालाहरुमा देखिन गयो ।

महाभारतकालको ग्रन्थमा भिष्मपितामहका संन्तति पान्डु र धृतराष्ट्रका छोराहरु कौरव र पान्डवहरुका बिच हस्तिनापुरको सत्तामाको पुग्ने अथवा कस्ले अति संम्न्नशालि हस्तिनापुरको सिहाशनमा बस्ने कुरामा द्वन्द्व हुंदा महाभारतको ग्रन्थमा उल्लेख गरे अनुसार कौरव र पान्डवहरुका बिच युद्धनै भयो । महाभारत कालको पौराणिक ग्रन्थ र बिक्रम संवत् २००८ मा कोईराला संन्ततिका बिच द्वन्द गराउने घटना र परिघटना बाट बर्तमानका क‍ृष्णप्रसाद कोईरालाका संन्ततिहरुले सिक्नु पर्ने धेरै कुराहरू छन।

नेपाली कांग्रेस पार्टी भित्रको किचलोमा श्री मातृका प्रसाद कोईरालाले आफ्नो अलग्गै समूह बनाएर आधिकारिक नेपाली कांग्रेस पार्टीको जामा लगाई बिक्रम संवत् २००८ सालमा राजा त्रिभुवन को बाहुलीबाट एक थान प्रधानमन्त्री पद लिन भ्याए। तत्कालीन शाही राजा र दरवारियाहरुलाई लोकतान्त्रमा राजनीतिक दलका नेताहरूमा पद प्रेमको ब्यथा सुनाउन सजिलो भयो । तत्कालीन शाही राजाहरुले बिक्रम संवत् २०१५ को बहुदलिय शासन ब्यवस्थाको संसदीय चुनाव हुने समय सम्म चार थान प्रधानमन्त्रीहरु फेर्न भ्याए । शर्वश्री मातृका प्रसाद कोईराला, टंक प्रसाद आचार्य , डाक्टर केआई सिह र सुवर्ण सम्सेर लाई प्रधानमन्त्री शाही राजा महेन्द्र ले बनाएका थिए । अर्थात् २०१५ सम्मा जम्मा जम्मी आठ बर्षमा संम्वैधानिक राजाले चार थान प्रधानमन्त्री फेर्ने मौका पाएका थिए । संबैधानिक राजाले उदारवादी लोकतान्त्रीक सरकारलाई २०१७ साल पुस ०१ गतेका दिन घाँटी निम‍ठ्ने जमर्को गरेर नेपालको सामाजिक, आर्थिक र राजनीतिक बिकासको गतिशीलतालाई रोक्ने चेष्टा गरे । यो अबरोधका कारण साठीको दसक देखि चलेको बिश्वब्यापीकरणको गतिमा नेपाल धेरैनै पछाडि पर्यो । नेपाल सन पच्चासको दशकमानै लोकतान्त्रको बहाली हुदै गर्दा भारत पनि बृटिस साम्राज्यवाद मुक्त भएको थियो । यस्तै एशियाका सानाठूला राज्यहरुमा बिकासको लहरको बिस्तार हुदै गर्दा नेपाल चरम राष्ट्रवादी नाराको गांजमा फसेको थियो भनेमा अतिस्युक्ती पक्कै हुदैन भन्ने यो पंक्तिकारलाई समेत लागेको छ ।

सामाजिक र राजनीतिक बृतका क्रान्तिकारी ब्यक्तित्व श्री कृष्णप्रसाद कोईरालाका संततिहरु श्री बिश्वस्वर कोईराला का कान्छा सुपुत्र डाक्टर शसांक कोईराला , बिश्वेस्वर कोईरालाकै आफ्नै सहोदर भाइ केशव प्रसाद कोईराला ९ कोशु बाबुको नामले पनि चिन्नथे० का छोरा डाक्टर शेखर कोईराला र नेपाली कांग्रेसका क्रन्तीकारी नेता गिरिजाप्रसाद कोईराला को एक मात्र सुपुत्री सुश्री सुजाता कोईराला नेपालको लोकतान्त्रको स्थापनाकाल देखिनै सक्रियता देखाउदै आएका श्री कृष्णप्रसाद कोईराला परिवारका धरोहर हुन ।

बिक्रम संवत् २००७ साल पौष ०७ गते पुर्ण लोकतान्त्रको बहालीपछि कृष्णप्रसाद कोईरालाका दुई भाइ मातृकाप्रसाद कोईराला र बिश्वेसर प्रसाद कोईरालाका बिच फुट ल्याएर आफ्नो सत्ताको अपरिसिमित स्वार्थ पूरा गराउने तत्व सफल भएको कुरा नेपाली राजनीतिमा घाम जस्तै छ्यागं छ। यही परिपाटी र चाहना पूरा गर्ने उद्येशमा बर्तमान समयमा पनि उस्तै प्रयास भईरहेको छ भन्ने आम नेपाली कांग्रेसका कार्यकर्ताले भनक पाई सकेका छन । यश अर्थमा फेरि २००७ सालको स्वार्थी समुहमा श्री कृष्णप्रसाद कोईरालाका लोकतान्त्रक राजनीतिमा सक्रिय रहेका डाक्टर शेखर क‍ोईराला, डाक्टर शशांक कोईराला र सुश्री सुजाता क‍ोईरालाहरु ल‍ोकतंत्रको संवर्धान र स्थाईत्व दिन नेपाली कांग्रेसको मुलाधारमा कोईराला परिवारबाट एकजना नेपाली काग्रेसको नेतृत्वमा आउने विकल्प छैन । अतः २००८ सालमा कोईराला बंधु फुटाउ र लोकतान्त्र सिध्याउने हर्कत पुनः न दोहरियोस भन्नेमा चनाखो हुनु पर्छ भन्ने आम बुझाइ छ । तेहि सोचाइ बाट अभिप्रेरित समुहहरु नेपाल कांग्रेसको १५ ओौ महाअधिवेशन सार्न उदत रहेको बुझ्न सार्है गार्‍हो छैन ।

 

नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनमा खोचो हाल्न स्वार्थी समूह

सक्रिय रहेको बुझिन्छ । यो वा उ बहानामा १५ औं

महाधिवेशनमा समयमै गर्न खोचो

थापेर बसेका छन ।

 

नेपालको वर्तमान गणतन्त्रीक संविधानले बोक्न असमर्थ रहेको पहिचानको मुद्दा, समतामूलक समाजको मुद्दा, गरिबहरुका बिच बिकराल रुपमा रहेको अशिक्षा, छुवाछूत , बालबिवाह, बिभेदिकरण आदिका मुद्दाहरु लाई संबोधन गर्न बर्तमानको संघीय संविधान संशोधन, उपउक्त कानुन निर्माण र समग्रमा जनताको चेतनाको स्तरमा विकासमा जोड दिन क्रन्तीकारी रणनीतिक योद्धाहरु एकै थलोमा आउन कांग्रेसी जनहरुले संकल्प लिनुपर्छ ।

नेपाल समय असमय अतिवादी राष्ट्रवादी चक्रब्युहमा फस्ने गरेको ईतिहास हाम्रो सामु टड्कारोनै रुपमा छ।
बिक्रम संवत् २०१७ साल देखि अतिबादि राष्ट्रवादी चक्रबिह्युमा फसदै गएको नेपाल बर्तमानमा पुनः त्यही दुस्चक्रको दलदलमा लैजान खोज्ने समूहले फेरि सकृयता देखाई रहेका छन ।

२०१७ साल देखि राजा र राजाका कथित प्रजाहरु (पंच) दुबै थरीले सत्तामा हालिमुहाली गर्न गराउन हाम्रा दुई छिमेकीको नाम बाट कुत्सित लक्षका लागि एक अर्काको बिरुद्ध स्वार्थी कार्डहरु फाल्ने अझै प्रपन्च भई रहेको बुझिन्छ । शाही राजाहरुले प्रायः जस‍ो यी दुई छिमेकीहरुका बिरुद्ध कहिले चीनीया कार्ड खेल्थे भने कहिले भारतीय कार्ड खेलेर आफ्ना बिपरित ध्रुवका राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई दमन गर्ने र राजनीतिक शक्तिको मुलधार बाट किनारा लगाउने गरिन्थ्यो ।

बर्तमानको संघीय लोकतान्त्रमा पनि सत्तामा आफू र आफ्नाहरुको हालीमुहाली कायम राखि राख्न नेपालका तीन ठुला दलका सुप्रिमोहरुले ‘म्युजिकल चेयरमा’ सदा सर्वदा बसिरहन आफ्नो मुनीका पुस्तालाई किमार्थ माथि आउन दिन चाहेका छैनन् । यो कुराको प्रमाण खोजी गरि राख्नु पर्दैन । सत्ताको भोक मार्न बर्तमानको ठुला राजनीतिक दलका नेताहरू (सुप्रीमो) संघीय गणतन्त्रको उपल्लो तह ९ राष्ट्पति० को पदमा ुम्युजिकल चेयरु का लागि सिन्डिकेट (पालैपालो) बनाउन बौद्धिक जगतले सुझाव दिने गरेका छन । मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, वैश्विक तहको कुटनैतिक ब्यवस्थापन गर्न परिपक्व नेतृत्वको खांचो छ । दुई बिपरित धुरीमा रहेका नेपालका छिमेकीहरुलाई संतुलित गरि नेपाल मुलकलाई समृद्धिको दिशामा मोडन र युवाहरुको राज्य ब्यवस्था प्रति विश्वास जगाउन गगनहरु सरहका पुस्ता र कृष्णप्रसाद कोईरालाका बर्तमानमा राजनीतिक रुपमा सकृय रहेका संततिहरु (शेखर, शशांक र सुजाता) एकै ठाउँमा आउने बिकल्प छैन ।

मधेसलाई समतामूलक समाजको मुलधारमा ल्याउ, पहाड हिमालका पछाडि पारिएका समुदयलाई अग्रगमनको राजनीतिक धारमा ल्याउन उदारवादी लोकतान्त्रका मुलधारका दलहरुका क्रन्तिकाी नेत्री राम कुमारी झांक्रीहरु जस्ता युवा युवतीहरुलाई भित्र्याउन उदारवादी धारको नेतृत्व गर्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अग्रसरता लिनुपर्छ । विदेशीएका युवा युवतीहरुमा आशा भरोसा जगाउन र लोकतान्त्रिक ब्यवस्थालाई सबल, सक्षम , समतामूलक समाज निर्माण गर्न कोईराला संतति, युवा पुस्ताका गगन र विश्व प्रकाश हरुले उदारवादी लोकतान्त्रिक धारमा ल्याउने पहल गगन एवं विश्व प्रकाश पुस्ताहरु जस्ताले क्रान्तिकारी नेतृ राम कुमारी झांक्रीहरु जस्तालाई नेपालको संघीय ल‍‍ोकतंत्रको संवर्धन र संरक्षण गर्न एकै थलोमा ल्याउने वातावरण बनाउनु पर्छ भन्ने बौद्धिक क्षेत्रको ठहर रहेको छ ।

लेखक : राम कृष्ण पोखरेल (राजनीतिक चिन्तन एवं मननकर्ता)