२०८३ आश्विन ९ , शुक्रवार

राजनीतिक पार्टीहरुको महाधिवेशन

Ram Krishna Pokhrell
राम कृष्ण पोखरेल –

राजनीतिक पार्टीहरुको महाधिवेशन  ( General Convention)  सबैभन्दा उच्च  शक्तिशाली  इकाई हो । महाधिवेशनले दलको आन्तरिक लोकतान्त्रलाई बलियो बनाउन, नीतिगत स्पष्टता ल्यान र नेतृत्वको चयन गर्ने परंमपरा रहेको छ । दल भित्रको आन्तरिक लोकतान्त्रलाई सशक्त बनाउने र नीतिगत स्पष्टता ल्याउन महाधिवेशन आयोजन गर्दा  वा दलको नेतृत्व चयन गर्दानै पनि पार्टीहरु चिरा पर्ने गरेको देखिएक‍ो छ । चाहे त्यो लोकन्तत्रवाादी/ उदारवादी दल होस वा कम्युनिस्ट दलहरू हुन पार्टी चिरा हुने प्रक्रिया देखिएको छ ।

विश्वमा राजनीतिक दलहरूको महाधिवेशन ( General Convention) को सुरुवात १९ ओौ शताब्दी तिर अमेरिका र युरोपीय देशहरूमा भएको थियोे । अमेरिकमा सन् १८३१ मा पहिलोपटक आधुनिक राजनीतिक परिवेशमा अर्थात् दलीय ब्यवस्थाको शुरुवात हुदा महाधिवेशन प्रचलन  अमेरिकी हरुले गर्दै गर्दा युरोपेली देश बेलायत लगाएतका देशहरुले शुरुआत गरेका थिए । वर्तमानमा पनि  अमेरिका लगाएत युरोपेली देशहरूले  आ आफ्नो दलको नीतिगत स्पष्टता, नयाँ र शक्तिशाली नेतृत्वको चैन गर्ने प्रचलन रहिनै रहेको छ ।
एशियाली देश र नेपालमा राजनीतिक दलहरुको महाधिवेशन २० ओौ शताब्दी तिर मात्र सुरु भएको हो । नेपालमा पनि सन् १९४० देखि ५० का बिचमा अघोषित, भुमिगत अथवा वैदेशिक क्षेत्रमा रहेर नेपाली दलहरू गठन भएका थिए ।
नेपाली कांग्रेस २००३ सालमा राणकालमा दल खोल्न प्रतिबन्धित हुदाका कारणबाट भारतको कलकत्तामा महाधिवेशन गरि श्री टंक प्रसाद आचार्य थुनामा ( नेपालको सदर जेलमा) थुनामा  रहेकोबेला नेपाली कांग्रेसले श्री आचार्यलाई  सभापति चुनिई श्री विश्वेश्वरप्रसाद कोईरालालाई कार्वाहक सभापतिको जिम्मेवारी दिएको थियोे । यसै समयमा नेपाली कांग्रेसले जहानिया राण शासनको बिरुद्ध क्रान्तिको बिगुल  समेत फुकेको थियोे । नेपालमा कम्युनिस्ट पार्टीले  बिक्रम संवत् २०१० सालमा ओपचारिक महाधिवेशन गरि  श्री मनमोहन अधिकारीलाई पार्टीको महाधिवेशनबाट महासचिवमा छानेको थियोे । श्री पुष्पलाल  श्रेष्ठ संस्थापक महासचिवको रुपमा चिनिने गरेका पनि  छन् । नेपाली कांग्रेस पनि २००३ साल पछि एक आपस्तमा जोडिने र फुट्ने गरेको इतिहास छ ।
बिक्रम संवत् २००३ सालमा स्थापना भएको   विक्रम  संवत् २०८३ सालमा नेपाली  कांग्रेस १५ ओौ महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनकै क्रममा नेपालको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि  असार २०८३ मा आफ्नो पहिलो महाधिवेशन गर्दै गर्दा महाधिवेशनमा सहभागी भएका ४ हजार २११ प्रतिनिधिले आफ्नो दलको नेतृत्वको चयन र पार्टीको नीति र भावी कार्यदिशा समेत  पहिल्याने काम गरेको छ । पार्टीले सभापति लगाएत १५८ केन्द्रीय सदस्यहरुको निर्वाचन गरि महाधिवेशन सम्पन्न भएको थियोे । नेपाली कांग्रेसको १५ ओ महाधिवेशनका लागि आठ लाख ७० हजार सक्रिय सदस्यको प्रतिनिधित्व गर्दै सात हजार भन्दा बढि महाधिवेशन प्रतिनिधिहरुले सभापति लगाएत १७१ जना पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित गर्नेछन् । पार्टीको १४ ओ महाधिवेशन मा जम्मा जम्मी ४,७४३ महाधिवेशन प्रतिनिधि मात्र रहेको थियो ।
नेपाल कांग्रेसको विक्रम संवत् २०७८ सालमा १४ आौ महाधिवेशन गरि  विधान अनुसार निर्धारित समयमा १५ आौ महाधिवेशन गर्न तत्कालीन पार्टी नेतृत्व आनाकानी गरेबाट तत्कालका महाधिवेशन प्रतिनिधिहरुको बहुमतले विषेश महाधिवेशन २०८२ साल पौषमा आयोजना गरि १४ आौ महाधिवेशनबाट चुनिएर आएको नेतृत्वलाई विस्थापित गरि तत्कालीन  कार्य समितिका महामन्त्री श्री गगन कुमार थापाको नेतृत्वमा नयाँ कार्य समितिको चयन गरेको थियो । नेपाली कांग्रेसको नियमित हुनु पर्ने १५ आौ महाधिवेशनमा श्री गगन कुमार थापाको टिम होम्मिदै गर्दा १४ आौ महाधिवेशनबाट चुनिएका सभापति लगाएत तत्कालीन सभापतिको टिममा पहिरो गएको देखिन्छ । तत्कालीन कार्य समितिका अधिकांश सदस्यहरु २०८२ साल पौषमा आयोजना भएको  विषेश महाधिवेशनबाट चुनिएर आएको श्री गगन थापाको   नयाँ टिम संग सहकार्य गर्न भनी तम्सिएर  अधिकाशं पदाधिकारी र केन्द्रीय सदस्यहरु चुनदेवीको कथाकथित नेपालीकांग्रेसको कार्यलयबाट सानेपाको कार्यालयमा आई पुगेका छन । चुनदेवीको संपर्क कार्यालयमा अहिले कहर आएको देखिन्छ ।  पुर्व सभापति र उनका टिममा पहिरो गएको छ । पार्टीको नियमित रुपमा हुनुपर्ने महाधिवेशन २०८३ साल असोज १६ गते देखि   १५ आौ महाधिवेशन हुने  निश्चित भएको छ । नेपालका पुरानो दल नेपाली कांग्रेस हाक्न असफल भएबाट इमानदार, निष्ठावान, सक्षम नेतृत्वको खोजीमा नेपाली कांग्रेस आम कार्यकर्ता , पार्टीका सुभेच्छु, बुद्धिजीवी र लोकतान्त्रिक शक्तिले २१ आौ शताब्दीको डिजिटल युग संग हिड्न र मुलक समाज हाक्न र ब्यवस्थापन गर्न नेपाली  युवा युवतीहरु को सकृय सहभागीता सहितको लोकतान्त्रिक, प्रतिष्ठित एवम् रुपान्तरित नेपाल कांग्रेसको नेतृत्व चयन गर्न उत्साहित छन् । नेपाली कांग्रेसको महाधिवेशनको  अनगिन्ती उदेश्यहरु मध्ये नेतृत्व चयन र आगामी दिनको नीति र कार्यदिशा समेत तय गर्नेछन ।  नेपाली कांग्रेसको आर्थिकसामाजिक कार्यदिशा तय गर्दै गर्दा नेपालको भुराजनितिक धरातल बुझेको कुटनैति कौशलताको निर्कौल,  ब्यापार  Diplomacy, उर्जा diploymacy, लगानीमैत्री diploymacy, उद्योग प्रवर्द्धन कुटनैति, प्रविधि र नव प्रवर्द्धन कुटनैति, जलवायु संवर्धान कुटनैति आदि बारे १५ ओ महाधिवेशनले खाका तयार गर्ने विश्वास गरिएको छ । अझ नेपाली कांग्रेस पार्टीको स्थापनाकालदेखि अंगिकार गरेको ‘ प्रजातान्त्रिक समाजवाद ‘ को सिद्धान्तलाई २१ शौ शताब्दीको डिजिटल युगको विकास संग सरोकार राख्ने युवायुवती, आधुनिक प्रविधि संग ज‍ोडिएका बुद्धिजीवी, उद्योगपति, शुभेच्छुक राष्ट्रिय एवं अंतरराष्ट्रीय संघ संस्थाका बिज्ञहरुको सहकार्यबाट रुपान्तरित नेपाली कांग्रेसको उदय हुने विश्वास आम नेपालीमा रहेको छ ।
सन् १९६० को दशक तिर अमेरिकी राष्ट्रपति जोन एफ क्यानेडीले अंगिकार गरेको Tricle Down आर्थिक सिद्धान्तले ठुला ठुला उद्योग को स्थापना, ठुला ठुला ब्यापारको स्थापना र प्रवर्द्धन गरि समग्ररुपमा रोजगारी वृद्धि, करको विस्तार गरि राज्यको ढुकुटीबाट जन जनमा स्वास्थ , कुलीन शिक्षा र कुलीन वास र गाँस को ब्यवस्था गर्न Tricle Down सिद्धान्तमा नेपालले अरु थप आर्थिकसामाजिक नीति जोडन सके नेपालको  गरिबी, पछौटेपन र समाजिक आर्थिक  असमानता मा कमि ल्याउन सक्नेछ भन्ने महाधिवेशनले विश्वास दिलाउन सक्नुपर्नेछ ।  नेपाल Brain drain हुने देशमा दर्ज छ । यो विद्वानहरुको पलायन रोक्न Think Tank परिषद् गठन गर्ने गराउने काममा   नेपाली कांग्रेसले अग्रसरता लिनु पर्छ ।
(पोखरेल  बिकाश विज्ञ हुन् ।)