२०८२ फाल्गुन २५ , सोमवार

लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु

9ee36278-4090-4687-a115-039add7a44c7

सुनाखरी न्युज / काठमाडौं ।

क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो वर्षदेखि लाङटाङ ट्रेल रन सुरु भएको छ । लाङटाङ ट्रेल रन रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा गरिएको छ । तीन हजार आठ सय पचास मिटर उचाइमा रहेको क्यान्जिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रनको दूरी ३२ किलोमिटरको छ ।

ट्रेल रनमा स्वदेशी र विदेशी गरी कुल एक सय धावकको सहभागिता छ । धावकहरू क्यान्जिन गुम्बादेखि ३२ किलोमिटर ट्रेल दौडिएर स्याफ्रुबेसी पुग्नेछन् । पहिलोदेखि पाँचौँ स्थानमा रहने खेलाडीले क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।

लाङटाङ ट्रेल रन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।