२०८३ बैशाख २२ , मंगलबार

संसद खुलाउने प्रयास जारी, छलफलमा जुटे विपक्षी दलहरू

Oppisition-Leaders

सुनाखरी न्युज/ काठमाडौं ।

विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो । जहाँ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन् ।

 

 

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।

 

 

सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ । अनौपचारिक संवादपछि विपक्षी दलहरू औपचारिक छलफलमा जुटेका हुन् ।