२०८३ कार्तिक १८ , मंगलबार

मतसर्वेक्षणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसदका दुवै सदनमा चुनौती

trump

सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकामा मंगलबार हुने मध्यावधि निर्वाचनअघि सार्वजनिक मतसर्वेक्षणहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसदका दुवै सदनमा चुनौती देखाएका छन्।

यस निर्वाचनमा प्रतिनिधि सभाका सबै ४३५ र सय सदस्यीय सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ।

विभिन्न संस्थाका सर्वेक्षणको औसत निकाल्ने रियल क्लियर पोलिटिक्स ९आरसिपी० का अनुसार प्रतिनिधि सभाका लागि राष्ट्रिय समर्थनमा डेमोक्र्याटिक पार्टी स्पष्ट रूपमा अघि छ। सिनेटमा पनि रिपब्लिकनको बहुमत उल्टिन सक्ने संकेत देखिएको छ। तर त्यहाँका केही निर्णायक प्रतिस्पर्धामा अन्तर साँघुरो छ।

मंगलबार हेरिएको आरसिपीको राष्ट्रिय सर्वेक्षण औसतमा डेमोक्र्याटलाई ५२।१ प्रतिशत र रिपब्लिकनलाई ४३।३ प्रतिशत समर्थन छ। अर्थात् डेमोक्र्याट ८।८ प्रतिशत बिन्दुले अघि छन्।

यस औसतमा समेटिएका राष्ट्रिय सर्वेक्षणहरूले प्रतिनिधिसभामा कुन पार्टीका उम्मेदवारलाई मत दिने मतदाताको चाहना छ भन्ने मापन गर्छन्। यसले देशभरको राजनीतिक झुकाव देखाउँछ। तर यही अनुपातमा सिट बाँडिने होइन। प्रतिनिधि सभाका सदस्य अलगअलग निर्वाचन क्षेत्रबाट चुनिन्छन्।

सन् २००० मा सुरू भएको रियल क्लियर पोलिटिक्स अमेरिकी राजनीति, निर्वाचन र सार्वजनिक नीतिसम्बन्धी समाचार तथा विश्लेषण प्रकाशित गर्ने वेबसाइट हो।

ीबहmष् दबलप
यसको ‘आरसिपी औसत’ एउटै संस्थाले गरेको सर्वेक्षणको नतिजा होइन। विभिन्न सञ्चारमाध्यम र सर्वेक्षण संस्थाले सार्वजनिक गरेका मतसर्वेक्षणहरूलाई समेटेर निकालिएको औसत हो। अमेरिकी सञ्चारमाध्यम र राजनीतिक विश्लेषकहरूले चुनावी प्रतिस्पर्धाको अवस्था बुझ्न यसलाई सन्दर्भका रूपमा प्रयोग गर्छन्।

आरसिपीको निर्वाचन क्षेत्रगत आकलनले पनि प्रतिनिधिसभामा ९हाउस० डेमोक्र्याटलाई अनुकूल अवस्था देखाएको छ। उसले २२७ सिटलाई डेमोक्र्याटतर्फ र १८० सिटलाई रिपब्लिकनतर्फ राखेको छ। बाँकी २८ सिटमा कसको पल्ला भारी छ भन्ने स्पष्ट छैन।