२०८२ फाल्गुन २३ , शनिवार

महासंघका पदाधिकारी र प्रहरी महानिरीक्षक थापाबीच भेटवार्ता, सवै जिल्लामा ‘हेल्प डेक्स’ स्थापना गर्न आग्रह

igp

सुनाखरी न्युज/ काठमाडौं ।
जिल्ला-जिल्लामा ‘हेल्प डेक्स’ स्थापना गरी सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा आउने समस्यामा सहजिकरण गर्न सुनचाँदी ब्यवसायी महासंघहरुले प्रहरी महानिरीक्षक दिपक थापासँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको प्रतिनिधिमण्डलले प्रहरी महानिरिक्षक थापासँग भेटगरी ब्यवसाय सञ्चालनमा क्रममा सुनचाँदी ब्यवसायीहरुले शान्ति सुरक्षा सम्वन्धी धेरै खालका समस्या झेल्नु परेको उल्लेख गर्दै त्यसको समाधानको लागि सवै जिल्लामा एउटा-एउटा हेल्प डेक्स स्थापना गरी सोही मार्फत ब्यवसाय सञ्चालका क्रममा आइपर्ने समस्या समाधान गर्नुपर्ने खाँचो औंल्याइएको हो ।

फिर्ता सुन खरिदका क्रममा अन्जानमा परेका ब्यवसायीलाई समेत जघन्य अपराध गरे जसरी समाउने, कारवाही गर्ने र पसलमा भएका सवै सुन तथा गहना लैजाने गरेको सन्दर्भ उल्लेख गर्दै ब्यवसायीहरुले त्यस किसिमको गतिविधी अन्त्य गरी निर्वाधरुपमा पेशा ब्यवसाय सञ्चालन गर्न सकिने वातावरण वनाउनु पर्ने खाँचो औंल्याएका हुन् ।

ब्यवसायीको माग सम्वोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सवै जिल्लामा हेल्प डेक्स राख्न सहजिकरण गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै सुन ओसार पसारका क्रममा आउने सुरक्षा सम्वन्धी समस्याको समाधान गर्न र चोरी तथा लुटपाटका घटना रोक्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

महानिरिक्षक थापा सँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, शान्ति सुरक्षा समन्वय समितिका सदस्य भिष्म गौतम, महानिर्देशक शिल दुवाडी तथा नेपाल सुनचाँदी रत्न तथा आभुषणको तर्फवाट अध्यक्ष किसान सुनारका साथै महासचिव निर वहादुर विक लगायतको सहभागिता रहेको थियो ।

सुनचाँदी क्षेत्रका तीनैवटा महासंघहरुले आइतबार मात्र संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बजेटले गरेका विभिन्न बिषयमा विरोध गरेका थिए । त्यस्तै शोमबार अर्थ मन्त्रालयमा एक ज्ञापनपत्र बुझाउँदै विलासिता कर तत्काल खारेज हुनुपर्ने माग गरेका थिए ।

 

यो पनि हेर्नुहोस्

२ प्रतिशत विलासिता कर तत्काल खारेज गर्न सुनचाँदी क्षेत्रका दुवै महासंघले गराए अर्थ मन्त्रालयको ध्यानाकर्षण – सुनाखरी न्युज

सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक करमा तीन वटै महासंघको गंभिर आपत्ति – सुनाखरी न्युज

सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधी र राष्ट्र बैंकका नवनियुक्त गर्भनरबिच भेटवार्ता, समस्या समाधान गर्न ब्यवसायीले गरे आग्रह – सुनाखरी न्युज

सुनका गरगहनामा विलासिता शुल्क, विदेशवाट आउने यात्रुले ल्याउन पाउने गहना सम्वनधी ब्यवस्थामा के छ? – सुनाखरी न्युज