२०८३ बैशाख २६ , शनिवार

कान्तिलोकपथ चार दिन बन्द हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कान्तिलोकपथ सडक चार दिन बन्द हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले यही जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने जनाइएको छ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भोलिदेखि चार दिनसम्म उक्त सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
रासस