२०८३ बैशाख २२ , मंगलबार

राजावादी समर्थकहरूले आज माइतीघरमा प्रदर्शन गर्ने

Photo_22_1_XtAwmsnYet

सुनाखरी न्युज/ काठमाडौं ।

राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्। पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा प्रर्दशन हुँदैछ। गणतन्त्र दिवसको अवसर पारेर हिजो बिहीबारदेखि काठमाडौंमा प्रदर्शन गरेका राजावादी समूहले आज पनि निरन्तरता दिँदैछन्।

आज दिउँसो साढे १२ बजे माइतीघर मण्डलामा प्रदर्शन गरिने समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए। राजावादीहरूको यो आन्दोलनलाई ‘छाता विद्रोह’ नाम दिइएको छ। राप्रपाका नेता तथा प्रदर्शनकारीहरूले छातालाई श्रीपेचको प्रतीकका रूपमा प्रयोग गरी गणतन्त्रको विरोध र राजसंस्थाको माग गरिरहेका छन्। यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो ।

राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ । राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।