२०८३ कार्तिक १८ , मंगलबार

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

cric

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रिमियर लिग  ( एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा जारी छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए । लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे ।

ओपनर शेहान जयासूर्य टिमको स्कोर २ रन हुँदा नै आउट भएपछि वान डाउनमा आएका इमरान शेख र ओपनर लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए । बलिङमा जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।