
सुनाखरी न्युज/ काठमाडौ ।
ञवैश्विक परिप्रेक्ष्यमा भाषा, साहित्य, शिक्षा र संस्कृतिस् नेपाल(भारतको सन्दर्भमाझ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन २०८२ जेठ ९ र १० गते त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँमा सभ्य र भव्य रूपमा सम्पन्न भयो। सो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना नेपाली, हिन्दी, संस्कृत तथा पत्रकारिता विभाग पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौँ र भारतको गुरु विद्यापीठको संयुक्त तत्वावधानमा भएको थियो। सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालय, महाविद्यालय तथा शैक्षिक संस्थाका प्राज्ञिक व्यक्तित्वको गरिमामय उपस्थिति रहेको थियो।। उद्घाटन सत्रको सुरुवात नेपाल र भारतको दुवै देशको राष्ट्रिय गान गाएर तथा दीप प्रज्वलनबाट गरिएको थियो। यस सम्मेलनको अध्यक्षता पद्मकन्या बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्रा।डा। जयालक्ष्मी प्रधानले गर्नुभएको थियो भने मुख्य अतिथि डाक्टर विकास शर्मा (निर्देशक गुरु विद्यापीठ, रोहतक, भारत) हुनुहुन्थ्यो। त्यस्तै विशिष्ट अतिथिमा प्रा.डा. सञ्जिता वर्मा (पूर्व विभागीय प्रमुख, हिन्दी केन्द्रीय विभाग, त्रि.वि), डा. अम्बिका अर्याल (नेपाली विभागीय प्रमुख, पद्मकन्या बहुमुखी क्याम्पस, त्रि.वि), डा.लक्ष्मी जोशी (हिन्दी केन्द्रीय विभाग, त्रि.वि), डिल्लीराम शर्मा सङ्ग्रौला (विभागीय प्रमुख, संस्कृत, हिन्दी तथा पत्रकारिता, त्रि.वि), प्रा. डा. नन्दीशप्रसाद अधिकारी (पूर्व विभागीय प्रमुख, नेपाली विभाग, पद्मकन्या बहुमुखी क्याम्पस) र भूपी ऐर (सभापति, स्ववियु पद्मकन्या क्याम्पस) हुनुहुन्थ्यो।
सम्मेलनको उद्घाटन सत्रमा डिल्लीराम शर्मा सङ्ग्रौलाले उपस्थित सम्पूर्ण महानुभावको स्वागत गर्दै नेपाल र भारतको भाषिक समानता, सांस्कृतिक एकता, धार्मिक मान्यता मिल्दोजुल्दो भएको धारणा व्यक्त गर्दै शैक्षिक आदान(प्रदानसम्बन्धी आफ्नो विचार समेत प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी प्रा.डा. सञ्जिता वर्मा र डा। लक्ष्मी जोशीले पनि नेपाल(भारत सम्बन्धका बारेमा र एकअर्काको सहयोगका बारेमा आफ्नो विचार राख्नुभएको थियो। डाक्टर वर्माले भारतीयले पनि नेपाली भाषा जान्नुपर्ने र नेपालीले पनि हिन्दी भाषा जान्नुपर्ने भन्दै एकअर्काको भाषालाई सम्मान गर्नुपर्ने बताउनुभयो। त्यसैगरी डा। जोशीले नेपाली भाषालाई भारतमा सम्मानपूर्वक स्थान दिएको कुरा बताउनुभयो। सम्मेलनमा शुभकामना मन्तव्य राख्दै डा। बलदेव अधिकारीले (विभागीय प्रमुख, अङ्ग्रेजी विभाग, पद्मकन्या क्याम्पस) सम्मेलनमा धेरै कुरा समेटिएको हुनाले अत्यन्तै राम्रो लागेको बताउनुभयो । मुख्य अतिथि डा. विकास शर्माले ञदुई देशको सम्बन्ध प्राचीनकालदेखि चलिआएको र भविष्यमा पनि रहिरहनेझ बताउनुभयो। सम्मेलनमा भूपी ऐर (स्ववियु सभापति, पद्मकन्या बहुमुखी क्याम्पस) ले आफू नेपालको पश्चिम भूभागकी भएकी र पश्चिममा नेपाली र भारतीयको घनिष्ठ सम्बन्ध भएको कुरा गर्नुभयो।
आफ्नो अध्यक्षीय मन्तव्यमा प्रा.डा. जयालक्ष्मी प्रधानले उपस्थित सबै महानुभावहरूलाई आभार व्यक्त गर्दै नेपाल र भारतको परम्परादेखिको सम्बन्ध, सांस्कृतिक सम्बन्ध, धार्मिक सम्बन्ध, रोटी(बेटीको सम्बन्धको कुरा गर्नुभयो । साथै उहाँले सबैभन्दा बलियो सम्बन्ध दुई देशका जनता(जनताबिचको सम्बन्ध रहेको कुरा बताउनुभयो। उहाँले सांस्कृतिक नृत्य प्रस्तुत गर्ने टोलीलाई पनि विशेष धन्यवाद दिँदै भारतबाट आएका पाहुनाहरूलाई मायाको चिनोबाट सम्मान गर्नुभयो। सम्मेलनमा प्रा.डा. जयालक्ष्मी प्रधानलाई शिक्षा एवम् अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत अपराजिता समूह र गुरु विद्यापीठ, रोहतक (भारत)ले ञवैश्विक मानवीय अवार्ड २०२५झ बाट सम्मान गर्यो। अन्तमा धन्यवाद ज्ञापन विनोदकुमार विश्वकर्मा (हिन्दी केन्द्रीय विभाग त्रि.वि) ले गर्नुभयो। उहाँले उपस्थित सम्पूर्ण महानुभावहरूको योगदानलाई मुक्तकण्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो। उद्घाटन सत्रको द्वितीय सत्र कार्यपत्र प्रस्तुतिको रह्यो। द्वितीय सत्र पद्मकन्या नेपाली विभागकी विभागाध्यक्ष तथा संयोजक डा. अम्बिका अर्यालले अत्यन्तै बुलन्द ढङ्गले सञ्चालन गर्नुभयो। यस सत्रमा लगभग ११ जना विद्वान्हरूले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो। वैश्विक परिवेशमा भाषा, साहित्य र संस्कृतिसँग सम्बद्ध यी कार्यपत्रहरू प्राज्ञिक उन्नयनका संवाहक हुनुका साथै वर्तमान समयका जल्दाबल्दा मुद्दासँग सापेक्षित थिए ।
भारतका विभिन्न विश्वविद्यालय तथा नेपालका विभिन्न विश्वविद्यालयका प्राध्यापकले प्रस्तुत गरेका सबै कार्यपत्र अत्यन्तै रोचक र समयसापेक्ष थिए। नेपालबाट डा.भुवन न्यौपाने (त्रिचन्द्र क्याम्पस० डा. जीवन श्रेष्ठ (पाटन संयुक्त क्याम्पस), डा. कुलराज निरौला (पद्मकन्या क्याम्पस), डा. अम्बिका अर्याल ( पद्मकन्या क्याम्पस), डा। हेम भण्डारी (पाटन क्याम्पस), डिल्लीराम शर्मा सङ्ग्रौला (पद्मकन्या क्याम्पस), मुक्ति भण्डारी (युनिग्लोब कलेज), ऋषिराम शर्मा (पद्मकन्या कलेज), विनोदकुमार विश्वकर्मा (त्रिभुवन विश्वविद्यालय) लगायत भारतका विभिन्न कलेजबाट आउनुभएका विद्वान्हरूबाट प्रस्तुत कार्यपत्रमाथिको समीक्षकका रूपमा प्रा. डा. नन्दीशप्रसाद अधिकारी र डा. नरेशकुमार सिहागको उल्लेखनीय भूमिका रह्यो प्रा. डा. अधिकारीले सबै कार्यपत्र प्रस्तुतकर्ताको प्रशंसा गर्नुभयो। उहाँले नयाँ विषयलाई उजागर गरेकोमा धन्यवाद पनि दिनुभयो। समापन सम्मेलन २०८२ जेठ १० गते शनिबारका दिन भयो। सम्मान सत्र डाक्टर भरत जङ्गमको मुख्य आतिथ्यमा प्रारम्भ भयो। विशिष्ट अतिथिमा भारतका पद्मश्री उपाधिबाट विभूषित डा. महावीर गुड्डु, प्रा. डा. नन्दीशप्रसाद अधिकारी, डा. विकास शर्मा हुनुहुन्थ्यो। पद्मश्री महावीर गुड्डु र उहाँको नृत्य टोलीले उपस्थित महानुभावलाई आफ्नो नृत्यकलाबाट प्रभावित पार्नुभएको थियो। उक्त दिन साहित्य र अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण भूमिका र योगदान निर्वाह गर्ने विद्वान्हरूलाई ञवैश्विक मानवीय अवार्ड २०२५झ बाट सम्मान गरिएको थियो।
सो सम्मान पाउने विद्वान्हरूमा प्रा.डा. सञ्जिता वर्मा (पूर्व विभागीय प्रमुख, हिन्दी केन्द्रीय विभाग त्रिवि), डा. अम्बिका अर्याल (नेपाली विभागीय प्रमुख, पद्मकन्या बहुमुखी क्याम्पस), डिल्लीराम शर्मा सङ्ग्रौला (विभागीय प्रमुख, संस्कृत, हिन्दी, पत्रकारिता, पद्मकन्या बहुमुखी क्याम्पस), डा। लक्ष्मी जोशी (हिन्दी केन्द्रीय विभाग, त्रि.वि), र डा.नरेश कुमार सिहाग (भारत) हुनुहुन्थ्यो । साथै कार्यपत्र प्रस्तोताहरूलाई प्रमाणपत्रसहित विभिन्न सम्मानले अन्य विद्वान्लाई सम्मानित गरिएको थियो। आफ्नो मुख्य अतिथीय भाषणमा डा. जङ्गमले नेपाल(भारतको सम्बन्ध र विशेषगरी नेपाल र भारतको धार्मिक स्थल, पर्यटन एवम् नृत्यका बारेमा चर्चा गर्नुभएको थियो। त्यसैगरी विशिष्ट अतिथि पद्म महावीर गुड्डुज्युले धार्मिक सम्बन्धको र नृत्य कलाको चर्चा गर्नुभएको थियो। साथै ञहरियाणा आउँदाखेरि मलाई फोन गर्नुहोला म त्यहाँ तपाईंहरूलाई निःशुल्क बस्ने, खाने र घुमाउने व्यवस्था मिलाउनेछुझ भन्दै निमन्त्रणासमेत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अत्यन्तै सभ्य रूपमा डाक्टर नरेशकुमार सिहागजीले गर्नुभएको थियो। कार्यक्रमका बिचबिचमा हरियाणाका संस्कृति झल्काउने नृत्य तथा नेपाली गीतका नृत्य पनि प्रस्तुत गरिएका थिए । कार्यक्रम रोचक, उपलब्धिपूर्ण र भव्य रहेको भनी उपस्थित धेरैले प्रतिक्रिया दिनुभएको थियो । कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, पत्रकार, शोधार्थी तथा विद्यार्थी आदिको भव्य उपस्थिति थियो