२०८३ बैशाख १५ , मंगलबार

पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीद्वारा होण्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टरको उद्घाटन तथा सेवा विस्तार थालनी

honda mix-1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा होण्डाका ग्राहकहरूलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ। यिनका माध्यमबाट ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने कम्पनीले लक्ष्य राखेको छ।
यस पहलअन्तर्गत, त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र ९पूर्व टेकुबाट स्थानान्तरण गरिएको० तथा कान्तिपथस्थित ज्योति भवनमा रहेका दुईवटा सेवा केन्द्रहरूको औपचारिक उद्घाटन सम्पन्न भएको छ। उक्त उद्घाटन समारोहमा होण्डा मोटर कं। लि।का उपाध्यक्ष तथा हेड अफ रिजनल युनिट ९एसिया एण्ड ओसियाना०, रिजनल अपरेसन्स् ९एसोसिएटेड रिजन्स० का प्रमुख र एसियन मोटर कं। लि।का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तोसिओ कुवाहाराको प्रमुख आतिथ्य रहेको थियो। साथै, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको समेत उपस्थिति रहेको थियो।
स्याकार ट्रेडिङ कम्पनीले होण्डाका ग्राहकहरूका लागि ूपहिलेकै मूल्यमा प्रिमियम सर्भिसू को अवधारणा अगाडि सारेको छ। यस अवधारणाअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवाको अनुभव गर्न सक्नुहुनेछ। कम्पनीले प्रिमियम उपभोक्ता अनुभव र कस्टमर फर्स्ट एप्रोचलाई विशेष प्राथमिकतामा राख्दै सम्पूर्ण सेवा प्रक्रियालाई अझ प्रभावकारी र ग्राहकमैत्री बनाएको जानकारी दिएको छ।
मुख्य विशेषताहरूस्
पहिलेकै मूल्यमा प्रिमियम सर्भिसस् यस पहलअन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवा प्राप्त गर्न सक्नुहुनेछ।
प्रिमियम कस्टमर एक्सपिरियन्सस् यस पहलअन्तर्गत कम्पनीले आफ्ना आदरणीय ग्राहकहरूका लागि सेवा प्रक्रियामा विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।
कस्टमर फर्स्ट एप्रोचस् कम्पनीले आफ्ना प्रतिनिधिहरूलाई ग्राहकको सुविधा र सन्तुष्टिलाई सदैव पहिलो प्राथमिकतामा राख्न निर्देशन तथा तालिम प्रदान गर्ने जनाएको छ।
वर्ल्ड क्लास सर्भिस सेन्टरस् आफ्नो लक्ष्य प्राप्तिका लागि कम्पनीले दक्ष र प्रशिक्षित मेकानिक्सद्वारा सेवा प्रदान गर्ने तयारी गरेको छ।
थ्रीएस ९घक्० सुविधास् शोरुम, सर्भिस एण्ड जेन्युन पार्ट्स एकै छानामुनि उपलब्ध गराई उपभोक्तालाई सहजताका साथै विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ। साथै, सेवा लिन आउने ग्राहकहरूका लागि निःशुल्क कोल्ड ड्रिंक्स तथा कफीको व्यवस्था पनि गरिएको जानकारी दिइएको छ।
थप विशेष पहलहरूस्
कम्पनीले सञ्चालनमा ल्याउन लागेका प्रिमियम सर्भिस सेन्टरमा अत्याधुनिक डायग्नोस्टिक उपकरणहरू र डिजिटल सर्भिस ट्र्याकिङ प्रणालीका साथै फास्ट सर्भिस बेजमार्फत कम समयमा गुणस्तरीय सेवा उपलब्ध गराइनेछ।
त्यसैगरी, होण्डाका जेन्युन स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता र आरामदायी कस्टमर वेटिङ लाउन्जसहित आधुनिक सुविधाहरू पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।
स्याकार ट्रेडिङ कम्पनीले यस विस्तार योजनामार्फत देशभर होण्डाका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ। कम्पनीका अनुसार, आगामी दिनहरूमा थप सेवा केन्द्रहरू विस्तार गर्दै देशव्यापी पहुँच अझ सुदृढ बनाइनेछ।