
सुनाखरी न्युज/ काठमाडौं ।
नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।
पार्टी समायोजन पश्चात नेता श्रेष्ठले माओवादी केन्द्रको केन्द्रीय सचिव पद पाएका छन् । ९ असोज २०७२ मा माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए ।
बाबुराम भट्टराईसँगै माओवादी छोडेका श्रेष्ठ अहिले नेपाल समाजवादी पार्टी ( नेसपा ) का नेता थिए । श्रेष्ठसँगै माओवादी केन्द्रमा फर्किएका अरु नेताहरुको पदीय हैसियत भने टुंग्याउन बाँकी छ ।