२०८३ बैशाख २२ , मंगलबार

सम्पर्कविहीन भएका २१ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

nepal-police-logo-2023

सुनाखरी न्युज/ काठमाडौं ।

आफूखुसी गैर हाजिर भएका हवल्दारसहित २१ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जबाफसहित कार्यालयमा हाजिर हुन आग्रह गरिएको छ ।

सूचनाअनुसार एकजना प्रहरी हवलदार, पाँचजना सहायक हवलदार, १५ जना प्रहरी जवान र एकजना प्रहरी कार्यालय सहयोगी सम्पर्कविहीन छन् । गैरहाजिर हुने हवलदारमा कर्णाली प्रदेश कार्यालय गण सुर्खेतमा दरबन्दी रहेका दाङ राजपुर गाउँपालिका–२ का अमरनाथ चौधरी छन् । उनी चैत २६ गतेदेखि गैरहाजिर रहेको सूचनामा उल्लेख छ ।

यस्तै, सहायक हवलदारहरूमा राजु धिताल, खुमबहादुर खड्का, मालिकराम कान्दु र चित्रबहादुर पुन मगर छन्। उनीहरू पनि चैतको विभिन्न मितिदेखि गैरहाजिर छन् ।  अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड ( च)  बमोजिम सेवाबाट हटाउने कारबाही भई जाने चेतावनी दिइएको छ ।