
सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो।
निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन् । जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका एक – एक जना छन् । उनीहरूलाई गत मे १६ तारिखमा कोरियन एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो । त्यस्तै भिसा म्याद सकेर लुकीछिपी बस्ने ६ जनालाई पनि निष्कासन गरिएको छ । उनीहरूलाई १५ तारिखमा थाई यएरवेजको विमानबाट काठमाडौं फर्काइएको हो ।
वैशाखको अन्तिम साता पनि एकैपटक ९ जना नेपालीलाई दक्षिण कोरियाले निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई दक्षिण कोरिया सरकारले नेपाल फर्काएको थियो।